नेपाली नागरिकका विदेशी पासपोर्टधारी सन्तान तथा पतिपत्नी पनि नेपाल आउन पाउने

फाइल तस्बिर

काठमाडौँ- विदेशमा अलपत्र नेपालीलाई सरकारले स्वदेश फर्काइरहेका बेला नेपाल आउने पर्ने अवस्था भएका नेपाली नागरिकका विदेशी पासपोर्टधारी आफन्तलाई अनुमति दिइने भएको छ।

मन्त्रिपरिषद्को गत सोमबारको बैठकले सम्बन्धित देशमा रहेका नेपाली कुटनीतिक नियोगबाट सहमति लिएर उनीहरु आउन सक्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले बिहीबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा नेपाली नागरिकका विदेशी पासपोर्टबाहक सन्तान तथा श्रीमान श्रीमती सम्बन्धित देशमा रहेका नेपाली कुटनीतिक नियोगको सिफारिसमा आउन सक्ने निर्णय भएको जानकारी दिए।

सरकारले केही सातायता विदेशमा अलपत्र नेपालीलाई चार्टर्ड उडानमार्फत स्वदेश फर्काइरहेको छ।

सरकारले विदामा नेपाल आएका तथा भिसा अवधि र करार अवधि बाँकी रहेका नेपाली श्रमिकलाई काममा फर्कन दिने निर्णय गरेको छ। यसैगरि पुन करार अवधि नविकरण भएका र भिसाको म्याद थपिएका कामदारको हकमा श्रम स्विकृति दिएर वैदेशिक रोजगारीमा जान दिने पनि निर्णय भएको प्रवक्ता खतिवडाले जानकारी दिए।

 

असार १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्