काठमाडौँमा एकै दिन ३२ जनामा कोरोना संक्रमण

काठमाडौँ- काठमाडौँ उपत्यकामा बिहीबार थप जनामा ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका १७ महिला र ११ जना पुरुष तथा ललितपुरका १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। त्यस्तै, महाराजगञ्जमै गरिएको परीक्षणमा भक्तपुरमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक पुरुषमा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार एकै दिन ४७२ जनामा संक्रमण देखिएको छ भने संक्रमित संख्या १४ हजार ५१९ पुगेको छ।

असार १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्