बिहीबारमात्र विदेशबाट १२४१ नेपाली स्वदेश फर्किए

काठमाडौं- विभिन्न १० वटा हवाई उडानमार्फत बिहीबार बिदेशबाट एक हजार २ सय ४१ जना नेपाली स्वदेश फर्किएका छन्।

कुवेतबाट मात्र पाँच सय ७५ जना फर्किएका छन्। नेपाल एयरलाइन्सले २ सय ५५ जना ल्याएको छ भने जजिरा एयरलाइन्सले दुई वटा विमानमार्फत ३ सय २० जनालाई ल्याएको छ।

हिमालय एयरलाइन्सले साउदी अरबको  दमामबाट १ सय ५२ यात्रु र २ वटा शव ल्याएको छ।

मालिन्दो एयरले मलेसियाबाट एक सय ६२ जना लिएर आएको छ। श्री एयरलाइन्सले बंगलादेशबाट २६, नेपाल एयरलाइन्सले साउदी अरबको जेद्दाबाट २ सय २२ र हिमालय एयरलाइन्सले मालदिभ्सबाट एक सय ४ जना यात्रु र एक जना बच्चा लिएर आएको छ।

असार १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्