कोरोना अपडेट: संक्रमण १४५१९, निधन ३१ , संक्रमणमुक्त ५३२०

काठमाडौं-नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ। तीमध्ये १ हजार ८ सय ८३ जना महिला र १२ हजार ६३६ जना पुरुष रहेका छन्।

यस्तै कोरोना भाइरसबाट मृत्‍युको संख्‍या ३१ जना पुगेको छ जसमा २४ जना पुरुष र ४ जजना महिला, २ जना बालक र एकजना बालिका रहेका छन्।

यसका साथै पछिल्लो २४ घण्टामा ६ सय ६४ जना निको भएर घर फर्किएका छन्।योसँगै हालसम्म निको हुने संक्रमितको संख्या ५ हजार ३ सय २० पुगेको छ। अब कोरोना मुक्त एक जिल्ला मात्रै रहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबार थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये १०९ जना महिला र ३६४ जना पुरुष रहेका छन्।

सुनसरीका ४,मोरङका ६, झापाका १, सप्तरीका १०, धनुषाका ३०, महोत्तरीका १३, अछामका ३१, बझाङका ३५, डोटीका ५८, कैलालीका १६५, कञ्चनपुरका ३१, खोटाङका १, ललितपुरका २, चितवनका २, वर्दियाका १, भक्तपुरका २, दाङका २, धादिङका १,दोलखाका २,गोर्खाका १,काठमाडौँका २८ रहेका छन्।

यसका साथै काभ्रेका १, मकवानपुरका १,पाल्पाका १,रामेछापका १,रुपन्देहीका १, सिन्धुलीका १, उदयपुरका १, नवलपरासीका १,सिन्धुपाल्चोकका ४, अर्घाखाँचीका २, नुवाकोटका १,रसुवाका १, बागलुङका १,पर्वतका २, तनहुँका ३,स्याङजाका २, कास्कीका १,लमजुङका १६, दाङका २, दैलेखका ३ तथा कालिकोटका १ जनामा संक्रमण पुष्टि भएको हो।

असार १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्