रक्सीले मातेका वडाअध्यक्षले साहुनीसँग चुम्बन मागेपछि..

सांकेतिक तस्बिर

धनगढी – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष राम नाथ महिलामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरवहादुर थापा क्षेत्रीले वडाध्यक्ष नाथलाई पक्राउ गरिएको जानकारी दिए ।

पसल व्यवसाय गर्दै आएकी एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष नाथलाई पक्राउ गरिएको उनले बताए ।

बिहीबार दिउँसोदेखि पीडित महिलाकै पसलमा मदिरा सेवन गरिरहेका वडाअध्यक्षले राति उनीमाथि दुर्व्यवहार गरेको आरोप लागेको हो ।

वडाअध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले नै स्थानीय महिलामाथि दुर्व्यवहार गरेको भन्दै स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय घेराउ गरेका थिए ।

वडाअध्यक्ष नाथले महिलालाई अंकमाल गर्न खोज्दै चुम्बन दिन आग्रह गरेको स्थानीयले आरोप लगाएका छन् ।

असार १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्