सडक दुर्घटनामा २३ वर्षीय युवाको मृत्यु

सांकेतिक तस्बिर।

काठमाडौँ – विराटनगरमा सडक दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ ।

बिहीबार राती करिब साढे ११ बजे विराटनगर महानगरको रानीमा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुदाँ २३ वर्षीय प्रशान्त बस्नतेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार राती सडकमा गुडिरहेको लु.४६ प ६३९० नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुदाँ गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा शुक्रबार नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाका अनुसार घाइते बस्नेतको उपचारका लागि न्यूरो अस्पताल लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि नोबेल लगिएको थियो ।

उपचारकै क्रममा महानगर १६ का बस्नेतको नोबेलमा बिहान करिब ४ बजे मृत्यु भएको हो ।

असार १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्