सत्याग्रहीलाई भेट्न अस्पताल पुगे पूर्वयुवराज पारस

काठमाडौँ – पूर्व युवराज पारस शाहले सत्याग्रहमा बसेका इशान अधिकारी ‘ई’ र पुकार बमलाई अस्पतालमै पुगेर भेट गरेका छन् । शुक्रबार दिउँसो पारस सत्याग्रहीलाई भेट्न अस्पताल पुगेका हुन् ।

इनफ इज इनफ अभियानका अधिकारी आठ दिनदेखि पाटन दरबार स्क्वायर परिसरमा सत्याग्रहमा बसेका थिए। कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने माग राख्दै उनी सत्याग्रहमा बसेका हुन् ।

बिहीबार उनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि उनलाई उपचारका लागि राजधानीको मण्डिखाटारस्थित ह्याम्स ‍अस्पताल पुर्‍याइएको थियो।

अर्का सत्याग्रही पुकार बम पनि अस्वस्थ भएपछि उनलाई पनि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

पोखरामा रहेका पारस बिहीबार मात्रै काठमाडौँ पुगेका थिए । यसअघि बिहीबार साँझ प्रधानमन्त्री ओलीले पनि अस्पतालमै पुगेर सत्याग्रहीहरुसँग भेट गरेका थिए ।

असार १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्