‘जनताको साथ ओलीलाई, आजलाई होइन भोलिलाई’ भन्दै प्रधानमन्त्री ओलीको पक्षमा र्‍याली

मोरङ– विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा र्‍याली निकालिएको छ। शुक्रबार अपरान्ह प्रधानमन्त्री ओलीको समर्थनमा स्वतन्त्र युवा समाज मोरङले नाराबाजीसहित जुलुस निकालेको हो।

समाजका संयोजक बासु नेपालले कोरोनाको महामारीबाट अघि बढिरहेको समय प्रधानमन्त्री ओलीलाई हटाउने षड्यन्त्र भइरहेको बताए।

समाजका संयोजक बासु नेपालले लामो समयदेखि भारतले कब्जा गरेको लिपुलेक, लिम्पियाधुरा कालापानीलाई नेपालको नक्सामा राख्न सफल प्रधानमन्त्री ओलीको विकल्प खोज्ने समय नभएको दावी गरे।

भारतीय हस्तक्षेप र विस्तारवादको विरुद्धमा समाज रहेको बताएका नेपालले नक्सा जारी गरेपछि भारतले नेपाललाई असहयाेग गर्दै आएको बताए। उनले जनताले ५ वर्षको म्यान्डेडसहित सरकारमा पठाएका प्रधानमन्त्री ओलीको निरन्तरता कायम रहनुपर्नेमा जोड दिए।

‘जनताको साथ ओलीलाई, आजलाई होइन भोलिलाई’ नारासहित कार्यक्रममा विराटनगरका युवाको सहभागिता रहेको थियो। ट्राफिक चौकबाट सुरु भएको जुलुस मेनरोड हुँदै जलजला चौकमा पुगेर कोणसभामा परिणत भएको थियो।

असार १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्