पाकिस्तानमा रेलले भ्यानलाई ठक्कर दिँदा कम्तिमा २१ जनाको मृत्यु

पाकिस्तानको पञ्जाबमा शिख तिर्थालु सवार भ्यानलाई रेलले ठक्कर दिँदा कम्तिमा २१ जनाको ज्यान गएको छ ।

कराँची–लाहोर एक्सप्रेसको रेलले पञ्जाबको शेखपुरा शुक्रबार लेभल क्रसिङ्गमा ठक्कर दिएको हो।

दुर्घटनामा ज्यान गुमाएका अधिकांश एकै परिवारका रहेको बताइएको छ । उनीहरु शिखरुको प्रमुख धार्मिक स्थल नानकनाबाट घर फर्किँदै थिए । दुर्घटनामा अरु १० जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा रेलका यात्रु नरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले बताएका छन् ।

गएको वर्षको नोभेम्बरमा कराँची–रावलपिण्डीको रेलमा आगलागी हुँदा कम्तिमा ७० जनाको ज्यान गएको थियो । सन् २०१९ मा पाकिस्तानमा रेल संलग्न भएका दुर्घटनाको संख्या १०० भन्दा बढी थियो ।

भ्यानका ड्राइभरले क्रसिङ्गको साटो ‘सर्टकट’ बाटो प्रयोग गरेका कारण दुर्घटना भएको बताइएको छ।

असार २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्