पाकिस्तानका विदेश मन्त्री कुरैशीलाई कोरोना भाइरसको संक्रमण

कोरोना भाइरसको महामारीबाट बढी प्रभावित हुने दक्षिण एसियाली देश मध्ये एक पाकिस्तानका विदेश मन्त्रीमा पनि संक्रमित भएका छन् । पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

विदेश मन्त्री कुरैशीले ट्वीट गरेर आफूमा संक्रमण देखिएको जानकारी दिएका हुन् । संक्रमण पुष्टि भए लगत्तै आफू घरमै क्वारेन्टिनमा बसेको उनले ट्वीटमा उल्लेख गरेका छन् ।

शुक्रबार उनले लेखेका छन्, ‘मलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । अल्लाहको कृपाले मेरो स्वास्थ्य राम्रो छ र उर्जावान तथा सवल महसुस गरिरहेको छु ।’

घरबाटै काम गर्ने बताएका उनले सर्वसाधारणसँग आफ्ना लागि प्रार्थना गर्न आग्रह पनि गरेका छन्।

पाकिस्तानमा दुई लाख २३ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अहिलेसम्म कोभिड–१९ बाट पाकिस्तानमा ४५ सय भन्दा बढीको ज्यान गएको छ ।

असार २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू