आलोचनाका बिच ट्रम्पले गर्दै छन् स्वतन्त्रता दिवसमा विशेष समारोह

कोरोना भाइरसको संक्रमण फैलिने जोखिमकाबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वतन्त्रता दिवसको दिन विशेष समारोह गर्दैछन् ।

फोर्थ अफ जुलाई अर्थात स्वतन्त्रता दिवसका दिन ट्रम्पले साउथ डकोटामा हुने विशेष समारोहलाई सम्बोधन गर्ने छन् । साउथ डकोटामा चार अमेरिकी राष्ट्रपटिको अनुहारको प्रतिमा छ ।

आतिसबाजीसहित हुने कार्यक्रममा साढे सात हजार मानिसको सहभागिता रहने जनाइएको छ।

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेका बेला ठूलो संख्यामा मानिस भेला भएर कार्यक्रम गर्दा संक्रमण थप फैलिन सक्ने भन्दै चासो र चिन्ता व्यक्त गरिएको छ ।

सो कार्यक्रममा सहभागी हुनेका लागि मास्क उपलब्ध गराइने तर लगाउनु बाध्यकारी भने हुने छैन । यस्तै सामाजिक दूरी लागु हुने छैन ।

असार २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्