धनगढीको बेली जंगलमा दुई युवतीको शव फेला

सांकेतिक तस्बिर

काठमाडौँ – धनगढी उपमहानगरपालिका ७ स्थित बेली जंगलमा दुई युवतीको शव भेटिएको छ । धनगढी ७ कै १९ वर्षीया गोमा बिक र २३ वर्षीया करिश्मा राउतको शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक विष्टले प्रारम्भिक अनुसन्धानमा दुवैजनाले विष सेवन गरी आत्महत्या गरेको देखिएको जानकारी दिए । शव भेटिएको स्थान नजिकै सेल्फास नामक विषादी  फेला परेको विष्टले जानकारी दिए।

दुवै शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ । प्रहरीका अनुसार दुवै युवतीहरु सँगै बस्दै आएका थिए।  करिश्मा वडा नम्बर ७ मै रहेको आफ्नो दिदीको घरमा बस्ने गरेकोमा केही वर्षयता गोमाकै घरमा बस्दै आएको स्थानीयले बताएका छन् ।

उनीहरु दुई समलिंगी रहेको जानकारी स्थानीयले दिएको डीएसपी विष्टले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

असार २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्