बझाङ पहिरोः दुई बालबालिकाको शव भेटियो (अपडेट)

बझाङ – बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा पहिरा जाँदा बेपत्ता भएका मध्ये दुई बालबालिकाको शव फेला परेको छ। अनुहार नचिनिने अवस्थामा शव भेटिएको स्थानीय लोकेन्द्र बिकले जानकारी दिए। उनीहरुको पहिचान भएको छ ।

पहिरोमा परि बेपत्ता भएका केदारस्यु–८ मल्लेसका ११ वर्षीय प्रयाग जेठारा र ७ वर्षीय अस्मीता जेठाराको शव फेला परेको हो । बेपत्ता थप पाँचजनाको स्थानीयले खोजी गरिरहेका छन् । घटनास्थलमा प्रहरी भने अहिलेसम्म पुग्न सकेको छैन् ।

खोला किनार भएर जानुपर्ने र खोलामा पानीको बहाव बढी भएकाले घटनास्थलमा प्रहरी पुग्न नसकेको जिल्लाको प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक गणेश बमले जानकारी दिए ।

वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले शुक्रबार राति केदारस्यु गाउँपालिका वडा ८ को मल्लेसका १७ घर बगाएको स्थानीयले बताएका छन् ।

असार २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्