प्युठानमा चुनढुंगा बोकेको टिपर दुर्घटना, दुई जनाको मृत्यु

दाङ–प्युठानमा चुनढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

खप्रेङखोलावाट दाङको कालाकाटे स्थित शुभश्री अग्नि सिमेन्ट उद्योगमा चुनढुङ्गा बोकेर जाँदै गरेको ना ७ ख ८९३८ नम्बरको टिपर सरुमारानी गाउँपालिका वडा नम्बर ५ मोतीपुरमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर टिपरका चालक र सह–चालक दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।

टिपर चालक नौबहिनी–६ पिपलटारी प्युठानका ३० वर्षीय रोशन थापा र सोही ठाउँका सह–चालक २७ वर्षीय जोगबहादुर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

असार २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्