पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थपिए ५९ जना कोरोना संक्रमित

धनगढी– पछिल्लो २४ घण्टाको अवधिमा सुदूरपश्चिममा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार पाँच सय ९४ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ४९ र धनगढी प्रयोगशालामा १० गरी ५९ जनामा कोरोना पुष्टि भएको हो।

संक्रमितहरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका ३७, कञ्चनपुरका ६, डोटी र डडेल्धुराका तीन–तीन जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

यस्तै धनगढी प्रयोगशालामा भएको परीक्षणमा ६ पुरुष र चार महिला गरी १० जनामा कोरोना पुष्टि भएको छ। जसमा महाकाली नगरपालिका कञ्चनपुरका चार, डोटीका तीन, धनगढी उप–महानगरपालिका–२ का एक, बैतडीको दशरथचन्दका एक जना र अछामको चौरपाटी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

सुदूरपश्चिममा हालसम्म आठ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भइसकेको छ। हालसम्म पाँच सय ७२ जना डिस्चार्ज भएका छन्।

असार २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्