बाघको छाला र हड्डीसहित एकजना पक्राउ

फाइल फोटो

नेपालगञ्ज– बाँकेमा पाटे बाघको छाला र हड्डीसहित एकजना पक्राउ परेका छन्।

५ नम्बर प्रदेश ब्यूरो, दाङ र जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले राप्तीसोनारी गाउँपालिका वडा नं. १ सिमलघारीका नवराज घर्तिलाई बाघको छाला एक थान र ११ किलो हड्डीसहित पक्राउ गरेको हो।

ब्यूरोका इन्चार्ज प्रमोद क्षेत्रीको टोलीले बाघको छाला र हड्डीसहित घर्तिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

घर्तिले मकैबारीमा बाघको छाला र हड्डी लुकाएर राखेका थिए। त्यस विषयमा थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ।

असार २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्