ओलीविरुद्ध खुमलटारमा रणनीति बनिरहँदा उनी शीतल निवास पुगे, मन्त्रीहरुलाई अचानक बोलाइयो

काठमाडौँ  – सोमबारसम्म स्थायी समिति बैठक स्थगित भएपछि नेकपा शीर्ष नेताहरु रणनीति बनाउन व्यस्त भएका छन्।

शीर्ष तहमा पार्टीभित्र देखिएको गतिरोध अन्त्यका लागि कुनै समाधान ननिस्केपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र दाहाल नेपाल पक्ष भावी रणनीति बनाउन लागि परेका हुन्।

ओलीले प्रधानन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न अस्वीकार गरेपछि उनका विरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वनामा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी र रामबहादुर थापा बादल दाहाल निवास खुमलटारमा भेला भएर छलफल गरिरहेका छन्।

उनीहरुबीच ओलीले दुवै पद छाड्न अस्वीकार गरेको अवस्थामा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको स्रोतले जानकारी दियो।

बहुमत सचिवालय सदस्यहरु खुमलटारमा भेला भइरहँदा प्रधानमन्त्री ओलीले भने राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।

आफ्नो संवैधानिक हैसियत नै भुलेर ओलीलाई साथ दिँदै आएकी भण्डारीले नेकपाभित्र पछिल्लो समय देखिएको किचलोमा पनि उनैलाई काध थापेकी छिन्। ओलीले राष्ट्रपति भण्डारीसँग भेटेर फर्केपछि बेलुका ७ बजे मन्त्रीहरुलाई बालुवाटार बोलएका छन्।

स्रोतका अनुसार मन्त्री परिषद्को बैठक नभने पनि ओलीले पार्टीभित्र बढेको विवादका विषयमा छलफल गर्न चाहेको बुझिएको छ।

शुक्रबार दुई अध्यक्षबीच बालुवाटारमा भएको छलफलमा ओलीले आफू कुनै पनि पद नत्याग्ने बरु पार्टी विभाजनका लागि तयार रहन दाहाललाई चेतावी दिएका थिए।

उनीहरुबीच यसअघि पार्टी एकता हुँदा २०७५ जेठ २ गते भएको सहमति कार्यान्वयन गरेर अघि बढ्ने किन गत मंसिर ४ गते भएको सचिवालयको निर्णय कार्यान्वयन गर्ने भन्ने विषयमा विवाद भएको थियो।

शीर्ष तहमा सहमतिका भएको प्रयास विफल भएपछि शनिबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी समिति बैठक सोमबारसम्मका लागि सारिएको छ। त्यस्तै पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि बिहीबार केहीबेर मात्र बसको बैठक शनिबारका लागि सारिएको थियो।

स्थायी समिति बैठकमा दाहाल नेपाल पक्षले ओली पार्टी र सरकार सञ्चालनमा असफल भएकाले राजीनामा दिनुपर्ने आवाज चर्को रुपमा उठाएका छन्।

असार २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्