शीतल निवासमा करिब ५० मिनेट बिताएर बालुवाटार फर्के प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली शनिबार साँझ करिब ५० मिनेट शीतलनिवासमा बिताएर बालुवाटार फर्केका छन्।

बहुमत सचिवालय सदस्यहरु ओलीबिरुद्ध रणनीति बनाउन खुमलटारमा भेला भइरहँदा प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए।

आफ्नो संवैधानिक हैसियत नै भुलेर ओलीलाई साथ दिँदै आएकी भण्डारीले नेकपाभित्र पछिल्लो समय देखिएको किचलोमा पनि उनैलाई काँध थापेकी छिन्।

ओलीले राष्ट्रपति भण्डारीसँग भेटेर फर्केपछि बेलुका ७ बजे मन्त्रीहरुलाई बालुवाटार बोलएका छन्।

स्रोतका अनुसार मन्त्री परिषद्को बैठक नभने पनि ओलीले पार्टीभित्र बढेको विवादका विषयमा छलफल गर्न चाहेको बुझिएको छ।

 

असार २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्