आफ्नै ट्र्याक्टरले लियो ज्यान

दाङ–प्यूठानको नौबहिनी गाउँपालिका वडा नम्बर ७ सुरदिपमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

लु २ त ५८२६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्र्याक्टर मालिकसमेत रहेका स्रेकम कुँवरका १५ वर्षीय छोरा प्रकाश कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए।

रोकिराखेको ट्र्याक्टरको क्लोज प्लेट चलाउने क्रममा एक्कासी ट्याक्टर गुडेपछि दुर्घटना भएको प्रहरीको भनाइ छ।

असार २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्