ओलीको कदम हेरेर अघि बढ्ने खुमलटार भेलाको निष्कर्ष

काठमाडौँ – पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली इतरका सचिवालयका बहुमत सदस्यहरुले पार्टी एकतामै जोड दिएर अघि बढ्ने निष्कर्ष निकालेका छन्।

शनिबार साँझ अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको नेताहरुको बैठकले पार्टी एकतालाई कायम राख्दै संस्थागत निर्णय सबैले मान्नुपर्ने निष्कर्ष निकालेको हो।

अध्यक्ष ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न बहुमत सचिवालय र स्थायी समिति सदस्यहरुले आग्रह गरे पनि नमानेपछि नेकपाभित्रको विवाद उत्कर्षमा छ।

विवादका कारण नेकपा फुटको अवस्थामा पुगेको छ।

स्थायी समितिको बैठक सोमबारसम्म स्थगित गरेर छलफलमा पुगेका नेताहरुले ओली कसरी अघि बढ्छन् त्यहीँअनुसार जोन रणनीति तय गरेको एक नेताले जानकारी दिए।

अध्यक्ष दाहालले बोलाएको बैठकमा वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी र रामबहादुर थापा बादल सहभागी थिए। छलफलमा दाहालले शुक्रबार ओलीसँग भएको कुराकानीबारे पनि जानकारी गराएका थिए।

असार २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू