जापानमा भीषण बाढी तथा पहिरो, कम्तिमा १५ जनाको मृत्यु भएको आशंका

जापानको दक्षिणी क्षेत्रमा रहेको आइल्याण्ड क्युशुमा लगातारको वर्षाका कारण बाढी तथा पहिरो जाँदा कम्तिमा १५ जनाको ज्यान आशंका गरिएको छ । अरु ९ जना बेपत्ता छन् ।

आइल्याण्डमा रहेको केयर होम (पाको उमेरका व्यक्तिको ख्याल गर्ने घर) लाई बाढी तथा पहिरोले क्षति गरेको हो । बाढीले डुबेको एउटै केयर होमबाट १४ जनाको शव निकालिएको जनाइएको छ । यस्तै अरुहरुलाई भने पहिरोले बगाएको हो । मृत्युको औपचारिक घोषणा भने हुन बाँकी छ ।

स्थानीय अधिकारीले दुई लाख भन्दा बढी मानिसलाई सो क्षेत्रबाट सुरक्षित स्थानमा लैजान आदेश दिएका छन् । उद्धारकर्मीलाई सहयोग गर्नका लागि १० हजार सुरक्षाकर्मी पठाइएको जापानका सञ्चारमाध्यमले जनाएका छन् ।

आइतबार दिनभर र राति पनि भारी वर्षा हुने मौसमविदले बताएका छन् । प्रधानमन्त्री शिन्जो आबेले मानिसहरुलाई उच्च सतर्क रहन आग्रह गरेका छन् ।

असार २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्