कलह अर्को देशै विनाश पार्दै ‘हल्दी’ सपार्दै

मोरो सलह !
गुबै सखाप पार्छ
‘डकैती’ गर्दै।

कलह अर्को
देशै विनाश पार्दै
‘हल्दी’ सपार्दै।

यात्रा दुवैको
पारिदेखि वारिको
घरबारीको।

उस्तै उस्तै हुन्
सलह र कलह
‘खेती’ इतिश्री !

रातो सिरानी
अनेकानेक स्वप्‍न
पारपाचुके !

रूख तात्दैछ-
कोरोना कि जण्डिस ?
जरामा हेर्नू !

सुकेको रूख
निस्तेज सूर्य छेउ
भलाकुसारी !

जिङ्ग्रिङे रूख
बेसारे -घामसँग
लजाउँदैछ !

सूर्यास्तअघि
रूख ढालेर कतै
हलाे बन्ला र !

शीतल छैन,
घाम गढेको ज्वरो-
कुखत पार्दै !

असार २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्