अमेरिकी र्‍यापर कानिय वेष्टद्वारा राष्ट्रपति उम्मेदवार बन्ने घोषणा!

अमेरिकाका विवादास्पद र्‍यापर तथा फेसन मुगल कानिय वेष्टले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक वेष्टले ट्रम्प र जो बाइडेनलाई नोभेम्बरमा हुने चुनावमा चुनौति दिने घोषणा गरेका हुन् ।

वेष्टले अमेरिकको स्वतन्त्रता दिवसको अवसरमा ट्वीट गरेर आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

वेष्टले अमेरिकी भिजन र भविष्य निर्माणका लागि अहिलेको समय अत्यावश्यक रहेकाले राष्ट्रपतिमा उम्मेदवारी दिने बताएका हुन् ।

वेष्टले ट्वीट गरेर राष्ट्रपतिको उम्मेदवार बन्ने बताए पनि त्यो वास्तवमै उनले साँचो बोलेका हुन् या मजाक मात्रै गरेका हुन् भन्ने स्पष्ट भएको छैन ।

असार २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्