कुवेतबाट आममाफी पाएका कर्णालीका एकल महिलाहरुको कथा

घर नपुग्दै विदेश ताक्दै, फेरि पनि अवैध रुपमै छिर्ने योजना बुन्दै

वीरेन्द्रनगर– १६ वर्षमा विवाह भयो। परिस्थिति उनको सपनाको बाधक बन्यो। विकट ठाउँ र गरिबी उनका नियति बने। अशिक्षित परिवार र समाजले अन्धविश्वासलाई मलजल गर्‍याे। रुकुम पश्चिम बाफीकोट गाउँपालिकाकी ३७ वर्षीया निर्मला पुनले पढ्ने लेख्ने इच्छा त्यागेर गृहस्थीको जिम्मेवारी बोकिन्।

तर लगातार चार छोरी जन्मिएपछि निर्मला परिवार र समाज मात्रै होइन श्रीमान्‌बाट समेत अलग्गिनु पर्‍याे। छोरा जन्माउने उत्कट चाहनालाई मर्न नदिएका उनका श्रीमान् परिवार त्यागेर कतार पुगे। निर्मलाको आम्दानी स्रोत सुक्यो। गाउँमा काम पाइनन्।

केही महिनापछि श्रीमान्‌ले दोस्रो विवाह गरेको खबर निर्मलाले पाइन्। छोरीहरुको भविष्य सुरक्षित राख्ने एकल दायित्व निर्मलाको काँधमा आइपर्‍यो। गाउँ छोडेर बजारमा डेरा लिइन्।

१६ वर्षीया जेठी छोरीलाई बहिनीहरुको जिम्मा लगाएर दलालको सहयोगमा साढे दुई वर्षअघि भारतको दिल्ली हुँदै निर्मला कुवेत छिरिन्। तर जुन घरमा काम गर्ने भनेर उनी गएकी थिइन्, त्यहाँ उनी काम गर्न सकिनन्।

अर्को घरमा उनले काम त पाइन् तर उनको बसाई गैरकानुनी बन्न पुग्यो। घरेलु काम गरेर निर्मलाले छोरीहरुलाई खर्च पठाउन थालिन्। ‘शौचालय सफा गर्नेसम्मका काम घरेलु काममा पर्थे। छोरीहरुका लागि चुपचाप काम गरेँ। नोकरलाई साहुले गर्ने व्यवहार राम्रो होस् भन्ने चाहना मनमनै मारेँ’, निर्मला भन्छिन्।

निर्मलाका छोरीहरु खुसी थिए। आमाले पठाएको खर्चले पढ्न लेख्न पाए। तर कोरोनाले विश्वका अधि