आफ्नै घरबाट लागूऔषधसहित एकजना पक्राउ

जनकपुरधाम- लागूऔषधसहित एकजना आफ्नै घरबाट पक्राउ परेका छन्।

सिरहाको गोलबजार नगरपालिका वडा नं. ४ का ४२ वर्षीय मनोज कुमार साहलाई उनको आफ्नै घरबाट इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटेको टोलीले नियन्त्रणमा लिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

साहलाई आफ्नै घरमा बिक्री वितरणको लागि लुकाई छिपाई अवस्थामा राखेको डाइलेक्स डिसी ६७ बोतल र नाईट्राभेट ट्याव्लेटस १६५ पिस सहित नियन्त्रणमा लिएको सिरहाका प्रहरी प्रवक्ता घिमिरेले जानकारी दिए।

साहलाई ईलाका प्रहरी कार्यालय गोलबजार सिरहामा राखि थप अनुसन्धान थालेको सिरहा प्रहरीले जनाएको छ।

असार २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्