नेकपामा विवाद बढिरहँदा प्रधानमन्त्री ओलीले भेटे प्रधानसेनापति थापालाई

काठमाडौं- सत्तारुढ दलबाटै राजिनामाको दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानसेनापति पूर्ण चन्द्र थापालाई भेटेका छन्। आइतबार दिउँसो प्रधान सेनापति थापा र प्रधानमन्त्री ओलीबीच भेटघाट भएको हो।

फुटको संघारमा पुगेको सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षको निर्णायक भनिएको वार्ता सकिएपछि प्रधानमन्त्री ओलीले शीतल निवास र वालुवाटार दौडधुप गरेका थिए।

बालुवाटारमा पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र  पुष्पकमल दाहाल प्रचण्डले आ–आफ्नो पक्षका साक्षी नेतासहित छलफल गरेका छन्।

 

 

असार २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्