मास्क प्रयोग नगर्ने ४१ जनालाई जनही १०० रुपैयाँ जरिवाना

फाइल तस्बिर

वीरगञ्ज– मास्क प्रयोग नगर्ने ४१ जनालाई बारामा प्रहरीले नियन्त्रणमा लिएर जरिवाना तिराएर छाडेको छ।

आइतबार मास्क प्रयोग नगर्ने उनीहरुलाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन अनुसार जनही एक सय रुपैयाँ जरिवाना गरी छाडिएको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए।

बिना मास्क व्यवसाय संचालन गर्ने व्यापारी, सवारी चलाउने चालक, पैदल हिँडडुल गर्ने पैदलयात्रीहरू लगायतलाई जनही एक सय रुपैयाँ जरिवाना गरि छाडिएको मिश्रले बताए।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका तथा भाइरसको संक्रमणबाट बच्न तथा थप फैलिन नदिन बारामा प्रशासनले शनिबारदेखि मास्क प्रयोग अनिवार्य गरेको छ।

बारामा हिजो पनि १ सय २८ जना मास्क प्रयोग नगर्नेलाई प्रहरीले पक्राउ गरि जरिवाना तिराएको थियो।

असार २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्