ओली–दाहाल पक्षबीच झडप

ओली–दाहाल पक्षबीच झडप

धनगढी – नेकपाको शीर्ष नेतृत्वमा देखिएको तित्तता तल्लो तहमा समेत देखिन थालेको छ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड पक्षधरबीच कैलालीको लम्कीमा झडप भएको हाे।

केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दबाब दिएपछि नेकपाभित्र विवाद उत्कर्षमा पुगेको छ।

नेकपाका कार्यकर्ता सामाजिक सञ्जालमा एकअर्का विरुद्ध प्रचारबाजी गरिरहेका बेला अब झडपमा परिणत हुन थालेको छ।

नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षधरहरुले सोमबार दिउँसो लम्की चुहा नगरपालिकाको लम्की चोकमा प्रधानमन्त्रीको पक्षमा र्‍याली सहित कोणसभा गरेका थिए।

त्यही बेला प्रचण्ड पक्षधरहरु एका एक आएर आक्रमण गरेपछि स्थिति तनावग्रस्त भएको प्रत्यक्षदर्शीले बताएका छन्। सचेत नागरीक समाज लम्की, कैलाली नामक संस्थाको व्यानरमा केपी शर्माओलीको फोटो सहित नेपालको नयाँ नक्सा राखेर दुई दर्जन बढी युवाहरुको सहभागितामा लम्की चौराहामा प्रर्दशन समेत गरेका थिए ।

देशको मुहार फेर्नु छ साथी, पार्टीभन्दा राष्ट्र माथि, राष्ट्रीय स्वाभिमान कायम गर, वैदेशिक हस्तक्षेप बन्द गरलगायतका नारासमेत लेखेका प्ले कार्ड सहित केपी शर्मा ओली पक्षधर युवाहरुको सहभागिता थियो।

ओलीका कार्यकर्ता लम्कीचुहाका नेकपाका नेता नरबहादुर खड्काले के।पि। शर्मा ओलीको बचाउ गदै प्रचण्डले बकमफुसे कुरा गरेको आरोप लगाएपछि दाहाल पक्ष आक्रमणमा उत्रेको थियो।

दुईतिहाईको सरकारलाई आफ्नै साथीहरुले ढलाउन खोजेको भन्दै आक्रोस पोखी रहेका बेला प्रचण्ड निकटका केहि युवाहरु खड्का माथि खनीएका थिए।

त्यस क्रममा दुबै पक्षका गरि ४–५ जना सामान्य घाईते भएका छन् । केपी पक्षधरहरुले आफूहरुमाथि प्रचण्डका पूर्वलडाकुहरुले नियोजित रुपमा आक्रमण गरेको आरोप लगाएका छन्।

शीर्ष नेताहरुबी बढेको कलहका कारण नेकपा फुटको संघारमा पुगेपछि कार्यकर्ताले एकतामा जोड दिँदै पार्टी कार्यालयहरुमा धर्ना दिन थालेका छन्। दोस्रा तहका नेताहरुले पनि एकतामा जोड दिँदै प्रयास जारी राखे पनि समाधान निस्कन सकेको छैन।

#ओली #प्रचण्ड #झडप

असार २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू