प्रदेश-१ मा भ्रष्टाचारमा बढेको सत्तारुढ दलकै नेताको आरोप

मोरङ-सत्तारुढ दल नेकपाका प्रदेश सदस्यद्वारा नै प्रदेश सरकारको भ्रष्टाचारको शून्य सहनशीलताप्रति असन्तुष्टि व्‍यक्त गरेका छन् ।

विराटनगरस्थित प्रदेश सभाको शून्य समयमा बोल्दै नेकपा खोटाङगका प्रदेश सदस्य राजन राईले प्रदेश सरकारलाई सिचाई तथा खानेपानी कार्यालय लगायतमा चरम भ्रष्टचार हुने गरेको आरोप लगाएका छन्।

उनले खोटाङ्गको एक खोलामा निर्माण भइसकेको कुलो सिचाईमा पुनः यस वर्षपनि लाखौं रकम विनियोजन भएको बताए। निर्माण भइसकेको बन्चरे खोलाको डम्मरे कुलोमा प्रदेश सरकारले पुनः ५० लाख रुपैया बजेट विनियोजना गर्नुले भ्रष्टाचारको अवस्था जगजाहेर गरेको उनले प्रस्टाए ।

प्रदेश सदस्य राईले मुख्यमन्त्री ग्रामीण सडक अन्तर्गत ८७ लाख रुपैया बजेट विनियोजन गरिएको एसेलुखर्क दोप्सुदेसारेमा सडकमा हाल निर्माण कम्पनीले रोकेको अवस्था रहेको बताए । उनका अनुसार सडक निर्माण व्यवसायीले सडक बनाउने, चौडा गर्ने तर, ढुंगा नफोर्न जनाएपछि सम्पूर्ण कार्य ठप्प रहेको हो।

खोटांगकै विद्युत प्राधिकरणको कार्यालय, ठेकेदारबाट समेत २ सय प्रतिशत भ्रष्टाचार भएको उनको ठहर छ । लाखौं रकम संघीय सरकार, प्रदेश सरकारबाट उपलब्ध हुदै गर्दा जनश्रम दानमा सडक खन्ने, विद्युतका पोलहरु पुराउने कार्य भइरहेको हुदाँ भ्रष्टाचार मौलाएको उनको भनाइ थियो ।

भ्रष्टाचार ‘विरुद्ध शुन्य सहनशिलता अपनाउने प्रतिबद्धता जनाउनु राम्रो भए पनि प्रतिबद्धता विपरित काम गर्नु राम्रो हैन’ राईले भने ‘आफुले गरेको प्रतिबद्धता पुरा गर्नुस् ।’

राईले प्रदेशमा भएको भ्रष्टाचारको विषयमा दसिप्रमाण पनि जुटाउन आफूहरू तयार रहेको पनि बताएका थिए । राईले प्रदेश १ मा असाधारण तरिकाले भ्रष्टाचार भइरहेको भन्दै भ्रष्टाचार नियन्त्रण गर्न सरकारको ध्यानकर्षण पनि गराए ।

अर्कोतर्फ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सार्वजनिक कार्यक्रमहरूमा पटक–पटक भ्रष्टाचारविरुद्ध प्रदेश सरकारले शुन्य सहनशिलता अपनाउने प्रतिबद्धता जनाउँदै आएका छन् ।

असार २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्