अब कांग्रेसमा कुन तहको अधिवेशन कहिले?

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको तल्ला कार्यसमितिहरुको अधिवेशन कार्यतालिका हेरफेर गरेको छ।

सोमबार बसेको केन्द्रीय कार्य समिति बैठकले महाधिवेशनको मिति यथावत राखी तल्ला ६ वटा निकायको अधिवेशनको कार्यतालिका परिमार्जन गरेको हो।

कोरोना महामारीका कारण पूर्व निर्धारित कार्यतालिका अनुसार अघि बढ्न नसकेपछि कांग्रेसले १४औँ महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौँमै गर्ने गरी अरु तहको अधिवेशन कार्यतालिका, समायोजन र कृयाशिल सदस्यता वितरण कार्यतालिका हेरफेर गरेको हो।

बैठकले समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन साउन १० गतेभित्र गरिसक्नुपर्ने निर्णय गरेको छ।

गएको फागुनमै शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको कार्यकाल सकिए पनि एक वर्ष थप भएको छ।

यस्तो छ परिमार्जित कार्यतालिका

(क) समायोजन हुन बाँकी रहेका जिल्लाको पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नु पर्ने अन्तिम अवधि– २०७७ श्रावण १० गते भित्र ।

(ख) विधानले तोकेको कार्यविधि बमोजिम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि – २०७७ असार २५ गतेदेखि  २०७७ श्रावण मसान्तसम्म ।

(ग) प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यताको सूची प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि – २०७७ भाद्र मसान्तसम्म ।

(घ) नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अन्तिम अवधि – २०७७ असोज १५ गते भित्र ।

(ङ) उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि – २०७७ असोज मसान्त भित्र ।

(च) क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी/पुनरावेदन दिइसक्नु पर्ने अवधि – २०७७ कात्र्तिक मसान्त भित्र

(छ) उजुरी/पुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि – २०७७ मंसिर १५ गते भित्र ।

(ज) नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाई सक्नु पर्ने अवधि – २०७७ मंसिर २५ गतेभित्र ।

(झ) केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि – २०७७ मंसिर मसान्त भित्र ।

अधिवेशन

(क) गाउँ/नगर वडा अधिवेशन– २०७७ पुस ६ गते

(ख) गाउँ/नगरपालिका अधिवेशन– २०७७ पुस ८ गते

(ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ पुस ११ गते

(घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ पुस १३ गते

(ङ) एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ पुस १६ गते

(च) प्रदेश अधिवेशन– २०७७ माघ ६ गते

(छ) केन्द्रीय महाधिवेशन : २०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं ।

असार २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्