अमेरिकामा अध्ययनरत विदेशी विद्यार्थी समस्यामा, अनलाईन कक्षा भए भिसा फिर्ता हुने

पठन–पाठन पूर्ण रुपमा अनलाईन गरेका विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थी यो शरद ऋतुमा अमेरिका बस्न नपाउने एका छन् ।

विदेशी विद्यार्थीले आफ्नो कोर्सलाई ‘इन–पर्सन ट्यूसन’ अर्थात प्रत्यक्ष अध्यापन गर्नु पर्नेमा परिमार्जन नगरेको विदेशी विद्यार्थीहरु अमेरिका बस्न पाउने छैनन् ।

अमेरिकाको इमिग्रेसन एण्ड कस्टम्स इनफोर्समेन्ट (आइसिइ) ले नियम नमान्ने व्यक्ति डिर्पोट हुने बताएको छ । कोरोना भाइरसको महामारीका कारण अमेरिकाका धेरै विश्वविद्यालयलहरुले अहिले कक्षा पूर्ण रुपमा अनलाईन बनाएका छन् ।

नयाँ नियमबाट कति विद्यार्थी प्रभावित हुने छन् भन्ने खुलाइएको छैन।

अमेरिकी विश्वविद्यालयलमा अध्ययन गर्नका लागि बर्सेनि ठूलो संख्यामा विदेशी विद्यार्थीहरु जाने गर्छन् । अमेरिकी विश्वविद्यालयहरुका लागि विदेशी विद्यार्थी आयको प्रमुख स्रोत पनि हुन् ।

हार्वर्ड विश्वविद्यालयले नयाँ शैक्षिक सत्रका सबै कक्षाहरु अनलाईन मार्फत सञ्चालन गर्ने यसअघि नै जनाइसकेको छ ।

आइसिइले विदेशी विद्यार्थीलाई यो वर्षको वसन्त र ग्रीष्म ऋतुमा अनलाईन मार्फत कक्षा लिन सक्ने अनुमति दिएको थियो ।

तर सोमबार गरेको घोषणामा अनलाईन कोर्षका लागि भर्ना भइ ‘इन–पर्सन ट्यूसन’ मा स्वीच नगरी अमेरिकामै बसेका विदेशी विद्यार्थी समस्या पर्न सक्ने बताएको हो ।

नयाँ नियम एफ–१ र एम–१ भिसा प्राप्त एकेडेमिक र भोकेशनल विद्यार्थीमा लागु हुन्छ । अमेरिकाको विदेश विभागले सन् २०१९ मा तीन लाख ८८ हजार ८३९ एफ भिसा र ९ हजार ५१८ एम भिसा वितरण गरेको थियो ।

असार २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्