सुनको मूल्य तोलाको कति?

काठमाडौँ–सुनको मूल्य मंगलबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य सात सय रुपैयाँले बढेर ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाला सुनको मूल्य ९० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्यमा पनि सात सय रुपैयाँले बढेर ९० हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार तेजाबी सुनको मूल्य ८९ हजार सात सय ६० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य १० रुपैयाँले बढेर नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

असार २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू