थप २०४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार नाघ्यो

काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको कुलसंख्या १६ हजार १ सय ६८ पुगेको छ।

पछिल्लो २४ घण्टामा मात्रै नेपालमा २ सय ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

असार २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्