युनिलिभरले प्रदान गर्‍यो पाँचवटा भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री

काठमाडौँ – युनिलिभर नेपाल आफ्नो सामाजिक व्यवसायिक उत्तरदायित्व अन्तर्गत कोभिड–१९ महामारी विरुद्धको लडाईँका लागि तीन करोड ७८ लाख बराबर स्वास्थ्य सहयोग सामग्री प्रदान गरेको छ ।

युनिलिभरले प्रकृतिका बिरामीको उपचारमा प्रयोग गर्नका लागि युनिलिभरद्वारा पाँचवटा भेन्टिलेटर उपकरण स्वास्थ्य जनसंख्या तथा वातावरण मन्त्रालयलाई उपलब्ध गराएको हो ।

यस्तै २८ सय ८० जनाको लागि कोभिड–१९ परीक्षण गर्न आवश्यक पर्ने स्वाब संकलन, नमूना भण्डारण र पीसीआर ट्युबहरुसहितको न्यूक्लेइक एसिड डायग्नोस्टिक पनि उपलब्ध गराएको छ ।

युनिलिभर नेपालले एक करोड ५७ लाख रुपैयाँ बराबरको मेडिकल उपकरण उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेको छ । यी उपकरण कम्पनीको कार्यक्षेत्रभित्र परेका हेटौँडा अस्पताल, मकवानपुर, भरतपुर अस्पताल, चितवन, नारायणी अस्पताल, वीरगञ्ज र वीर अस्पताल काठमाडौँ गरी चार मुख्य अस्पताललाई दिइने जनाइएको छ ।

यस्तै स्वास्थ्य, जनसंख्या तथा वातावरण मन्त्रालय, उद्योग विभाग, नेपाल प्रहरी, नेपाली सेना, वडा कार्यालयहरु र अन्य कार्यालयहरुलाई १ एक लाख ५४ हजार भन्दा बढी लक्स, डोभ, लाइफब्वाय साबुन र लाइफब्वाय ह्याण्डवासहरु वितरण गरिसकेको छ ।

यस्तै युनिलिभरद्वारा करिब ४२ सय परिवारलाई रासनसहितको राहत प्याकेज पनि प्रदान गरेको छ ।

असार २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्