बुटवलमा खोलाले बगाएर एकजना बेपत्ता

सांकेतिक तस्बिर

बुटवल– बुटवलमा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन्।

बुटवल–११ बुद्धनगरस्थित पक्की पुल मुनि पैदल हिँड्दै गर्दा मंगलबार साँझ ७ बजेतिर लडेर खोलामा बगेका अन्दाजी ६० वर्षका पुरुष बेपत्ता भएका हुन्। उनी बुधबार मध्याह्नसम्म फेला नपरेको प्रहरीले जनाएको छ।

नदीमा बेपत्ता भएका उनको मंगलबार साँझदेखि रातिसम्म र बुधबार बिहानैदेखि १२ जना प्रहरीले खोजी गरेपनि फेला पार्न नसकेको वडा प्रहरी कार्यालय रामनगर बुटवलका प्रमुख प्रहरी निरीक्षक गोविन्द रेग्मीले बताए।

बेपत्ता भएका उनको नाम ठेगाना खुल्न सकेको छैन ।

असार २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्