कक्षा सञ्‍चालन गर्न जनकपुरका शिक्षकलाई अनलाइन तालिम

जनकपुरधाम-कोरोनाको महामारीको समय स्कुल तथा कलेजहरुले अनलाईन माध्यमबाट नै अध्ययन अध्ययापन सञ्चालन गरेको अवस्थामा शिक्षकहरुको पेशागत क्षमता विकासको धनुषामा तालिम सुरु भएको छ।

धनुषाको नगराईन नगरपालिकाले बुधवारदेखि शिक्षकहरुको पेशागत क्षमता बृद्धिको लागि अनलाइनमा आधारित ३ दिने तालिम सञ्‍चालन गरेको छ।

पहिलो चरणमा नगरपालिकाको १५ विद्यालयका ३० जना शिक्षकलाई तालीममा सहभागी गराएका छन्। अहिले तत्काल कक्षा सञ्चालन गर्ने वातावरण नरहेकोले अनलाइन कक्षा कसरी संचालन गर्र्ने, अध्ययनरत विद्यार्थीलाई विषयगत रुपमा कुनै समस्या भए शिक्षकले अनलाइनको माध्यम बाट कसरी समस्या समाधान गर्ने लगायतको विषयमा आज तालिम दिइएको प्रशिक्षक सुनील मल्लिकले जानकारी दिए।

लोकसमाज नामक संस्थाको आयोजनमा पालिकाको राजेस्वर निधि माध्यमिक विद्यालय, नगराईनमा तालीम संचालन गरेको छ।त्यस्तै दोस्रो चरणमा १५ विद्यालयका ३० जना छात्र छात्रालाई समेत यो तालीममा सहभागी गराइने शिक्षक शैलेंद्र मल्लिकले बताए।

असार २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू