सति प्रथा समाप्तिको सय वर्ष

यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः 

जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताहरूले पनि खुसीसाथ बास गर्दछन् भन्ने पौराणिक मान्यताहरू रहेको छ ।

के आज नारीले हक अधिकार प्राप्त गरेसती प्रथा उन्मुलनको सय वर्षमा आज महिलाको हैसियत कुन स्थितिमा छ ? उनीहरूको आर्थिक सामाजिक अवस्था कस्तो भयो ?

 त्यसको कुनै खोज अनुसन्धान भएको छैन। नेपाली समाजले र एशियाका तमाम महिलाहरुले के पाए ? महिला हक अधिकारका कुराहरु आरम्भ भएको धेरै दशक बितिसक्यो तर पनि आजसम्म महिला हक अधिकार र उनीहरूको जिवनमा महत्वपूर्ण परिवर्तन आउन सकेन । सामाजिक, राजनीतिक, आर्थिक सबैप्रकारका अप्ठ्याराहरुका मूल स्रोतहरु के-के हुन् त? प्रश्नहरू अनुत्तरित छन् 

विभिन्न दातृ निकायहरूको उक्साहटमाको  पुरुषहरुलाई तथानाम गाली गर्नु उचित हुँदैन किनकि सामाजिक जागरणका लागि सहकार्य र समन्वय अत्यावश्यक छ 

वास्तवमा अधिकारका विविध आयामहरुका विषयमा गम्भीर समीक्षा हुनुपर्ने देखिन्छ।  हामीले के प्राप्त गर्‍यौँ र के गुमायौँ- समीक्षा गर्नुपर्ने देखिन्छ।

सामाजिक जागरण  महिला सशक्तिकरण्मा नाराहरु लागे तर, आर्थिक हैसियत, राजनीतिकरूपमा महिलाको उपस्थिति यसका साथै उनीहरुले प्राप्त गरेको अधिकारको प्रत्यक्ष दुरुपयोग पनि सांसद भवन भित्र आफ्नी श्रीमती , साली अथवा मित्र व्यवसायिक घर घरानाका कुनैपनि महिलालाई सांसद भवनभित्र प्रवेश गराउने एउटै परिवारका सबै सदस्यहरु सांसद भवन  भित्र प्रवेश गरेको अवस्थालाई हेर्दा महिला सशक्तिकरण अधिकार प्राप्तीको केही वर्षहरुमा अधिकारको दुरुपयोग कति भयो क-कसले दुरुपयोग गरे?

यो गम्भीर समीक्षाको  विषय हो र समीक्षा गर्नेपर्छ ।

किनकि महिला अधिकार र सशक्तीकरणका नाममा भएका चरम अधिकार दूरूपयोगहरूको पुनर्समीक्षा गरिएन भने फेरि सय वर्ष महिलाहरु  पीडित अवस्थामा रहनेछन्। 

हुनेखानेहरुले मात्र आफ्नो उपस्थिती देखाउने र अधिकारको दुरुपयोगबाट वास्तविक पिडितले कहिले अधिकार पाप्त गर्ने हुन् । यहाँ दुःख पाउने भन्दा दुःख देखाउनेलाइ प्राथमिक्ता दिइन्छ ।

हामी महिला अधिकारको कुरा गरिरहेको छौं तर यो बिर्सिरहेका छौं कि कतिपय मान्छेहरुले पेटमै छोरी (महिला हुनु अघि)भएको थाहा पाएर गर्भ पतन गरेका छन् । अस्ति भरखर सरकारले गर्व परिक्षण( छोरा छोरी छुट्याउन)मा प्रतिबन्ध लगायो जुन आवश्यक थियो ।

महाभारतको अनुसार युद्धमा दोस्रो पक्षलाई चेतावनी दिएपछि मात्रै बाण चलाइन्छ,

 जुन शत्रु मार्ने आएका हुन्छन् तिनीहरूलाई त सावधान गराएर मात्रै मारिन्छ भने  केही दोष नभएका ती नाजुक बालिकाहरुलाई जन्मिनु अगाडि नै किन मारिन्छ?

सबैभन्दा डरलाग्दा त ती देखावटी भलाद्मी, महिला आधिकारकर्मी भएका छन् जो महिला अधिकारको लागि कुरा गर्छन् तर आफ्नो बालबच्चालाई स्वतन्त्र रुपले हिँड्न दिँदैनन्, जो बाहिर महिलाको अधिकारका गीत गाउँदै हुन्छन् तर घरमा ठ्याक्कै उल्टो काम गर्छन् 

बालिका जन्मने थाहा पाएर गर्भमा नै मारिदिने घट्नाहरु सुनिन्छन् ।

धर्म शास्त्रमा व्याख्या पाइन्छ, ‘कसले तपाईंलाई गर्भमा धारण गर्छ, कसले तपाईंको पालन गर्छ, कसले तपाईंको रक्षा गर्छ।’ स्त्रीको अधिकार र आत्मसमान अधिकारको विषय उच्च छ । जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताहरूले पनि खुसीसाथ बास गर्दछन् भन्ने पौराणिक मान्यताहरू रहेको छ ।

नारीको सम्मानकालागि नै महाभारतको युद्ध भएको छ नारी जातिको रक्षाका लागि नै रामले रावणसग युद्ध गर्नुभयो नारी जातिको सम्मान को लागि नै भिस्मले आफ्नो प्राण त्यागी दिनुभयो तर शिखण्डी जो पहिले स्त्री थिईन् वर्तमानमा होइन माथि बाण चलाउनु भएन ।

 आज नारीको शक्तिलाई नष्ट गरेर उनलाई केबल भोग्य वस्तु बनाइँदैछ गर्भमा आएकी छोरीलाई पतन गरिँदैछ के यो नारी जातिको सम्मान हो यो त नारी जातिको घोर अपमान हो।

अध्ययनबाट यो बुझिन्छ अन्याय पनि धेरै उसले नै गर्दछन् जो धेरै शक्तिशाली हुन्छ ।

मानिसले गर्भपतन गर्नुको कारण धेरै छोरी भए दाइजो कसरी दिने भन्ने पिरले गर्दछन् भन्ने तथ्यबाट बुझिन्छ ।  

सन्तहरूबाट सुनेका प्रकारका वृत्तिहरु मध्ये सबैभन्दा राम्रो माधुकरी वृत्ति हो  किनभने यसमा दिने वाला प्रसन्न हुन्छ र प्रसन्नताबाट प्राप्त भएको चिज नै पवित्र हुन्छ

शास्त्रमा दाइजो दिने विधान छ। लिने विधान छैन। दाइजो लिनु हुँदैन र नलिनेको महिमा छ किनकि दिने त क्षमता भित्रको कुरा हो तर दाइजो माग्नु अपराध हो । 

नेपालमा पुरुष भन्दा बढी संख्या महिलाको छ तर शिक्षाको क्षेत्रमा हेर्ने हो भने महिलाको कम संख्या छ र पुरुषहरूको बढी संख्या छ ।

 दाइजो दिने त्रासले  छोरीहरुलाई विद्यालय पठाउन चाहदैँनन् । घरको काम गराएर विवाहको बेला दाइजो दिनुपर्छ भन्ने मानसिकता देखिन्छ ।

 छोरालाइ जति पढ्यो त्यति नै दाईजो लिनुपर्छ भन्ने सामाजिक समस्या देखिन्छ ।

शास्त्रमा नारीलाई निकै सम्मान गरिएको पाइन्छ तर अहिलेको समयमा हेर्ने हो भने नारी जातिलाई  तिरस्कार र घोर अपमान गरिएको छ र उनलाई केबल भोग्या स्त्रीको रूप दिइएको छ  । संसारमा जति विज्ञापन छन् त्यसमा सुन्दर नारी खोजिन्छन् । 

अहिलेको सर्वेमा केहि बदलाव देखिएको छ तरपनि  २२ % नारीहरू मात्रै बाहिरी  काममा संलग्न छन् । कमसेकम ५० % महिलाहरुको काममा सहभागिता हुनुपर्छ । अधिकारको सही सदुपयोग हुने हो भने !

आजभोलि स्त्रीलाई पुरुष बराबर अधिकार दिने कुरा भइरहेको छ तर शास्त्रले स्त्रीलाई पुरुष भन्दा धेरै अधिकार दिएको देखिन्छ । 

कसैले पनि स्त्री तिरस्कार गर्ने, उनलाई दुःख दिने, छाडिने, मारपिट गर्ने भनेर शास्त्रमा कतै पनि भनिएको छैन त्यतिमात्रै होइन स्त्री बाट कुनै ठूलो अपराध हुने भएपनि उनलाई पिट्नु भनेर भनेको छैन बरु त्यो अपराधको क्षमा गर्नु पर्दछ 

सन्दर्भ सति प्रथाको 

सती प्रथा आफ्नो मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने प्रथा हो ।

बि सं १९१० मा जङ्गबहादुर राणाले पहिलो पटक मुलुकी ऐन जारी गरी यसमा केही हदसम्म कमी ल्याउन सघाएका थिए । तर उनको मृत्यु हुँदा उनका ४२ रानीलाई सती पठाइयो भन्ने ऐतिहासिक तथ्यहरू भेटिन्छन् । जङ्गबहादुर राणाले १६ बर्षभन्दा मुनीका विधवा महिला र ९ वर्षभन्दा साना उमेरका सन्तान भएकी महिलालाई सती जानमा रोक लगाएका थिए । यद्यपि बि सं१९७७ सालमा चन्द्रशमशेरले यस प्रथालाई पूर्ण रूपमा बन्देज गराएकाले उनलाई नै सतीप्रथा अन्त्यका नायक मानिन्छ।

सती शब्द मुख्यत हिन्दु देवी सतीबाट आएको हो, जसले आफ्ना पिता दक्ष प्रजापतिले पति शिवको अपमान गरेका कारण आगोमा हामफालेर आत्मदाह गरेकी थिइन् । सती शब्द नितान्त संस्कृत शब्द हो, यसको शाब्दिक अर्थ असल पत्नी हुन्छ । सतीप्रथा विवाहित लोग्ने मरेपछि जिउँदी स्वास्नीलाई लोग्नेको लाससँगै जलाउने वा जल्न दिने आततायी प्रथा हो । सतीप्रथा नेपालमा कहिलेदेखि चल्दै आएको हो, यकिन छैन । त्यो क्रूर प्रथा प्राचीनकालदेखि नै प्रचलित थियो । 

आज महिलाहरु भान्साकोठाको सिमानामा मात्र बाँधेर बसेका छन्। अधिकार पनि सिमित व्यक्तिको हातमा बन्धक बनेको छ । महिलाहरु कृपाका पात्र मात्र बनेका छन् । बन्दाबन्दिमा झन धेरै महिला हिंसा भएको छ । अब झनै भयावह स्थिति आउने देखिन्छ ।  

सतिप्रथा  समाप्त भएको सय वर्ष भयो। यो सय वर्षमा हामीले के पायौँ, के गुमायौँ सामाजिक जागरणको यो सय वर्षमा  महिलाले के प्राप्त गरे?

मेरो विचारमा सति प्रथा विस्तारै आएर मानिसहरूको बुद्धि र स्वार्थले  गर्दा बिग्रिँदै आयो ।

सती प्रथा हटाउन  पुरुषहरु नै लागि परे तर अर्को हातमा हेर्दा भीमसेन थापाले राजनीतिक स्वार्थका लागि राजा गिर्वाणयुद्ध विक्रम शाहकी युवती रानीलाई सती जान बाध्य पारिदिएका थिए । 

महिलाहरु पछि पर्नुमा सबैभन्दा ठूलो कारण मलाई यो पितृसत्तात्मक समाज र सामाजिक परिवेश लाग्छ। शिक्षा र श्रमको समान सदुपयोग हुन नसकेर पनि हो । 

आज पनि हाम्रो समाजमा यस्तो व्यक्तिहरु छन् जस्ले छोरीलाई बोझ सम्झिरहेका हुन्छन्  । जुन दिन छोरीलाई मानिसहरुले बोझ  सम्झिन छोड्छन् त्यो दिनदेखि कुनै पनि छोरी बुहारी असुरक्षित हुने छैनन् । सामाजिक सोच परिवर्तन हुन आवश्यक छ। 

सती प्रथालाई सय वर्षअगाडि नै हटाइयो । यसमा पुर्खालाई गाली गरेर पनि हामी केही गर्न सक्दैनोँ । 

सतिप्रथा जस्तो कुप्रथा बाट मुक्त भएकोले मानिसले  खुसीयाली मनाउनुपर्छ, सतिप्रथाका अझै अवशेषहरु हाम्रो समाजमा छन्    सतिहरु एक पटक जल्थे तर अहिले समाजमा भएको दाइजो प्रथा, देउकी प्रथा, छाउपडी प्रथाले महिलाहरुलाई पटक-पटक जलिरहेका छन् । सय वर्षपहिले सतीलाई शारीरिक रुपले जलाइन्थ्यो तर आज हाम्रो समाजले  शारीरिक र  मानसिकरूपले एकल महिलाहरुलाई जलाइरहेको छ । हाम्रो समाजले एकल महिलाहरुलाई अझै पनि तल्लो नजरले हेरिरहेको छ । सतिप्रथा हटेपनि महिलाहरुमाथि हुने अनेकौं हिंसाहरू बाँकी नै छन्बलात्कार, दाइजोप्रथा, बालबिबाह, बोक्सीप्रथाचेलीबेटी बेचबिखन, यौन शोषण जस्ता कुप्रथाको अवशेषहरु पनि अझै हाम्रो समाजमा छन् ।

 केही समय अगाडि मात्रै बुहारीलाई लोहोराले हानेर मारियो । मलाई त सम्झिँदा पनि मन झसङ्ग हुन्छ ।

ती अबला नारीलाइ त्यो  दण्ड दिइयो जुनमा उनको कुनै पनि अपराध  थिएन ।  म यसलाई मानवता मरेको बाहेक केही भन्न सक्दिन । छोरो मरेपछि बुहारीलाइ किन दोष लगाई महिला हिंसा गरियो ?

उनीहरूको बुहारी मरेकी भए  के उनीहरु आफ्नो छोरालाई पनि त्यसै गरिनै मार्थे? होइन, उनीहरु बाजा बजाउँदै अर्को बुहारी भित्र्याउँदै हुन्थे।

जबसम्म हामीले आफ्नो छोरीलाई स्वतन्त्र भएर काम गर्न दिँदैनौ, तबसम्म हामीले छोरा र छोरी बीचको भेदभाव अटाउन सक्दैनौँ।  जबसम्म हामी बाहिर महिला अधिकारको नारा लाउछौं तर घरमा आफ्नै छोरी, स्वास्नीबुहारीलाई महिलाअधिकार दिँदैनौं  तबसम्म महिलाले आफ्नो अधिकार पाउने छैनन् । हामी आफैँ नै सतर्क हुनुपर्छ । हामीहरुले समाज दोष दिनुभन्दा पहिले हेर्नुपर्छ कि हामीले घरमा के गरिरहेको छौँ । आफ्नो छोराछोरीलाई आफ्नो नातिपनाति सिकाइरहेको छौँ ।

आज महिलाहरु भान्साकोठाको सिमानामा मात्र बाँधेर बसेका छन्। अधिकार पनि सिमित व्यक्तिको हातमा बन्धक बनेको छ । महिलाहरु कृपाका पात्र मात्र बनेका छन् । बन्दाबन्दिमा झन धेरै महिला हिंसा भएको छ । अब झनै भयावह स्थिति आउने देखिन्छ ।  

सति प्रथा जस्तो कुप्रथा त हटेको छ तर अब धेरै कुप्रथाहरु छुट्याउन र हटाउन जरुरी छ ।

संसारभरिका महिलाहरूले कष्ट, पीडा, अशान्ति,  अप्ठ्यारोपनलाई यतिका वर्षदेखि खेपिरहेका छन् । मानवीय मान्यताहरू हराएको समयमा पश्चिमा समाजमा पनि महिलाहरुलाई मताधिकारबाट बन्चित गराईयो । सबैभन्दा धेरै भोग्य वस्तुका रुपमा प्रयोग गरियो ।

सैनिक क्याम्पमा अन्य देशका कन्याहरुलाई अभद्र कुकर्म गर्न राखिन्थ्यो । सैनिक क्याम्पहरुमा यौनदासी बनाइएका विश्वयुद्धका समयमा भएका जघन्य अपराध  ऐतिहासिक दस्तावेजहरुबाट बुझ्न सकिन्छ ।

ऐतिहासिक रूपमा सामाजिक जागरणको महत्वपूर्ण समय २१ औं शताब्दीमा भएतापनि वास्तवमा संसारभरीका महिलाहरुले घुम्टो भित्र बस्नुपर्ने अवस्था रहेको छ । मध्यपूर्वका महिलाहरू  पर्दा भित्र  बन्धक बनाइएका, स-साना बालबालिका युद्धको उन्मादमा पीडित भएका छन् ।

साना बालबालिका र महिलाहरूको पीडा आज सुन्दा पढ्दा पनि आङ सिरिङ्ग भएर आउँछ ।

आगामी दिनहरुमा निरन्तर जागरणको महान अभियानलाई आरम्भ गरेर विश्व भरिको नारी जातिको सशक्तिकरण र जागरणको अभियान चलाउनु पर्ने देखिन्छ ।

समाज जबसम्म सम्पूर्णरुपमा शिक्षित हुँदैन , नारीहरु शिक्षित हुँदैनन् , उनीहरु आफै कार्य सम्पादन गर्नमा सक्दैन ।

 कार्यप्रति निष्ठापूर्वक प्रतिस्पर्धी समाजमा अगाडि आउँदैन तबसम्म महिला हक हितका कुराहरु पनि कथाका कुराहरु हुनेछन् ।

 अधिकार प्राप्त गर्नका लागि योग्यताको दह्रो आवश्यकता पर्दछ । विगतका  तिता मिठा भाव र घटनालाई बिर्सेर संसारभरिका नारी शक्ति एक हुनु पर्दछ

अधिकार प्राप्तिका लागि संसारभरिका नारी शक्तिहरू संगठित हुनु एकअर्कामा सहयोगी भूमिकाको रूपमा रहनु आजको आवश्यकता हो । 

जाग उठ लम्क चम्क नारी शक्ति हो ‘

अधिकार प्राप्ति, शान्ति र सुःखका लागि हो ।

 

असार २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्