सरिता गिरीको विषयमा मोहना अन्सारीको टिप्पणी खेदजनक- राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौं- समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी सदस्य र सांसद दुवै पदबाट हटाएको विषयमा मोहना अन्सारीले गरेको टिप्पणी आफ्नो आधिकारिक नभएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ।

अन्सारी आयोग सदस्य हुन्। आयोगका अध्यक्ष अनुपराज शर्माद्धारा हस्ताक्षरित विज्ञप्तिमा संविधान, कानुन र दलको विधानले दिएको अधिकारमा अन्सारीले गरेको टिप्पणी दलको अधिकारलाई निस्तेक्ष पार्न खोजिएको भन्दै अस्विकार गरिएको उल्लेख छ।

अन्सारीले गिरीलाई पार्टी सदस्य र सांसदबाट हटाउने कुरा खेदजनक रहेको सामाजिक सञ्जालमा लेखेकी थिइन्। उनले छानबिन समितीको क्षमतामाथी नै प्रश्न उठाएकी थिइन्। लिपियाधुरा, लिपुलेक र कालापानीलाई नक्सा र निशान छापमा समेट्न गरिएको संविधान संसोधनमा गिरीले असहमती जनाएकी थिइन्। उनले छुट्टै संसोधन प्रस्ताव दर्ता गरेपछि उनको पार्टी समाजवादीले छानबिन अगाडि बढाएको थियो।

आयोगले भ्रम सृजना हुने गरि नबोल्न गत असार १५ गते सदस्यहरुलाई निर्देशन दिएपनि गल्ती दोहोरिएको भन्दै खेदजनक भएको उल्लेख गरेको छ।

असार २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्