कर्णाली प्रदेशमा ११ जना कोरोना संक्रमित थपिए, ३० जना डिस्चार्ज

सिमकोट-कर्णाली प्रदेशमा आज ११ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टाको अवधिमा सुर्खेतमा पाँच जना, रुकुम पश्चिममा चार जना, दैलेख र जाजरकोटमा एकएक जना गरी ११ जना संक्रमित थपिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो।संक्रमित मध्ये सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ का तीन जना, वडा नं. ७ र १२ का एक÷एक जना छन्।

त्यस्तै रुकुमपश्चिमको चौरजहारी नगरपालिका वडा नं. ५ का एक जना, वडा नं. ९ का तीन जना, दैलेखको दुल्लु नगरपालिका वडा नं. ५ र जाजरकोटको भेरी नगरपालिका वडा नं. ६ का एक-एक जना छन्। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार पाँच सय ६१ जना पुगेको छ।

त्यस्तै आजै दुल्लु अस्पताल दैलेखबाट दश जना, प्रदेश अस्पताल सुर्खेतबाट १३ जना, चौरजहारी अस्पताल रुकुमपश्चिमबाट सात जना गरी कुल ३० जना आइसोलेसनबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कर्णालीमा एक हजार तीनसय २१ जना डिस्चार्ज भएको सामाजिका विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाख प्रमुख डाक्टर लक्ष्मीनारयण तिवारीले जनाए।

असार २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्