नेकपा विवाद समाधान गर्न दोस्रा तहका नेता छलफलमा

काठमाडौँ – पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपाका दोस्रा तहका नेताहरु बिहीबार पनि छलफलमा बसेको छन्।

यसअघि असार १९ गते मन्त्री निवास पुल्चोकमा भेला भएर पार्टी एकताबारे छलफल गरेर नेताहरुले अहिले कृषि तथा सहकारी मन्त्रालयको सभाहलमा बसेर छलफल गरिरहेको सहभागी एक नेताले जानकारी दिए।

दुई अध्यक्षबीच निरन्तर छलफल भए पनि नेकपामा विवाद समाधानको उपाय सुल्झन सकेको छैन। बुधबार प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भएको छलफल भनाभनमा परिणत भएपछि अवस्था थप जटिल बनेको छ।

यसअघि सानो समूहमा छलफल गर्दै आएका नेता बिहीबार भने अलि ठूलो समूहमा छलफलमा जुटेका छन्।

कृषिमन्त्री समेत रहेका घनश्याम भुसालको संयोजनमा भएको छलफलमा नेताहरु प्रदिप ज्ञवाली, योगेश भट्टराई, जनार्दन शर्मा, पम्झा भुसाल, बर्षमान पुन, शक्तिबहादुर बस्नेत, सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, मणि थापा, शंकर पोखरेल र रिमाल सहभागी छन्।

दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हट्न दबाब दिएपछि नेकपाभित्रको विवाद फुटको अवस्थासम्म पुगेको छ।

असार २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्