ट्रम्पको सम्पूर्ण वित्तिय विवरण न्यूयोर्कका कानूनी अधिकारीले हेर्न पाउने सर्वोच्चको फैसला

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वित्तिय विवरण न्यूर्योकका कानून कार्यान्वयन निकायका अधिकारीहरुले हेर्न पाउने भएका छन् । सर्वोच्च अदालतले ट्रम्पले तिरको करसहितका वित्तिय विवरण न्यूयोर्कका अधिकारीले हेर्न पाउने फैसला गरेको हो ।

तर ट्रम्पको वित्तिय विवरण सम्बन्धी जानकारी कंग्रेसलाई दिइनु भने नपर्ने सर्वोच्चको फैसला छ । आफ्नो कर सम्बन्धी विवरण सार्वजनिक नगरेका कारण ट्रम्प आलोचनाको केन्द्रमा रहँदै आएका छन् ।

उनी पूर्वका राष्ट्रपति बाराक ओबामाले भने आफ्नो सम्पूर्ण वित्तिय गतिविधि सार्वजनिक जानकारीका लागि प्रस्तुत गरेका थिए ।

ट्रम्पका वकिलहरुले उनी ह्वाइट हाउसमा रहँदा पूर्ण रुपले नियम पालना गरेकाले कंग्रेसले उनको वित्तिय गतिविधि सम्बन्धी जानकारी खोज्नुमा कुनै तर्कसंगत कारण नरहेको बताएका छन् ।

डेमोक्र्याटको नियन्त्रण रहेको अमेरिकी तल्लो सदनका दुई समिति तथा न्यूयोर्कका जिल्ला न्यायाधीवक्ता साइरस भान्सले ट्रम्पको वित्तिय विवरण विगत केही वर्षदेखि माग गरेका थिए ।

ट्रम्पले केही गलत नगरेको बताउँदै आए पनि कर विवरण भने सार्वजनिक गर्न मानेका छैनन्।

असार २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्