काठमाडौँ – अविरल वर्षासँगै आएको बाढी पहिरो र डुवानले विभिन्न ठाउँमा जनधनको ठूलो क्षति गरिरहेको छ ।

बिहीबार राति मात्रै पहिरोमा पुरिएर कास्की र लमजुङमा ७ जनाको मृत्यु भएको छ भने म्याग्दीमा सात जना घाइते भएका छन् ।

पानी पर्ने क्रम अझै केहीदिनसम्म जारी रहने भएकोले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सरकारका विभिन्न निकायले आग्रह गरेका छन् ।

राजधानी काठमाडौँमा पनि लगातार पानी परिरहेको छ । लगातारको वर्षाले विभिन्न स्थानहरु डुवानमा परेका छन् ।

पाटनको मंगलबजार डुवानमा परेका केही तस्बिरहरु