गुल्मीमा पहिरोले पुरेर एकजनाको मृत्यु

बुटवल– गुल्मीको कालीगण्डकी गाउँपालिकामा पहिरोले पुरेर एक जनाको मृत्यु भएको छ।

कालीगण्डकी गाउँपालिकाको वडा नम्बर ४ फुस्रे निवासी ६२ वर्षीय यम बहादुर श्रीसको पहिरोमा पुरिएर मृत्यु भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिए।

शुक्रबार बिहान घर नजिकै रहेको खेतमा पानी लगाउन बनाएको कुलो सफा गर्ने क्रममा माथिबाट झरेको पहिरोले च्यापेर मृत्यु उनको भएको हो।

श्रीमतीसहित कुलो सफा गर्न गएका श्रीसको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए। उनकी श्रीमती सकुशल छिन्।

असार २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्