नवलपरासीमा खोलामा डुबेर २ जनाको मृत्यु

सांकेतिक तस्बिर

बुटवल– नवलपरासीमा खोलामा डुबेर २ जनाको मृत्यु भएको छ।

नवलपरासी पश्चिम बर्दघाट नगरपालिका १५ चोरघोलस्थित बनकट्टी खहरे खोलाले स्थानीय २० वर्षीय सुधिर बिक र १४ वर्षीय प्रविन बिकको मृत्यु भएको प्रदेश ५ प्रहरी कार्यालयले जनाएको छ।

खोलामा माछा मार्न गएका प्रविन चिप्लिएर डुबेपछि बचाउन खोलामा गएका सुधिर पनि डुबेका थिए।

खोलामा डुबेर बेपत्ता भएका दुवै जनाको शव करीब ५ सय मिटर तल फेलापरेको प्रदेश ५ प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए।

असार २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्