अनिताले ल्याइन् ‘यस्तो बनोस् मेरो तीज’

काठमाडौं-नेपाली हिन्दू नारीहरुको तीज नजिकिदै जाँदा गायिका अनिता चलाउनेले ‘यस्तो बनोस मेरो तीज’को म्युजिक भिडियो बजारमा ल्याएकी छिन्।

विपिन किरणको शब्‍द रहेको उक्त तीज गीतको संगीत दीपक शर्माले गरेका छन्।

गीतमा लाइभ बाजाहरु बासुरीमा रत्‍न बिक, मादलमा पोषण घर्ती मगर, गितारमा सञ्‍जीव रसाइली र सारङगीमा हेमन्त कान्छा रसाइलीले साथ दिएका छन्।

गीतको म्‍यूजिक भिडियोमा सागर लम्साल (बले) र जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडाले अभिनय गरेका छन्।

यस्तै तीज गीतको सम्पूर्ण एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका छन् भने सम्पादन नविन निरौलाले गरेका हुन्।

असार २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्