एनआईसी एशियाले असार मसान्तभित्र किस्ता बुझाउनेलाई ९.९९ प्रतिशत छुट दिने

काठमाडौँ- एनआइसी एशिया बैंकले असार समान्तसम्‍म सम्पूर्ण किस्ता चुक्ता गर्ने ऋणीलाई ब्याजदरमा ९.९९ प्रतिशत छुटको योजना ल्याएको छ।

कोरोना भाइरसबाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकले चैत मसान्तसम्म कायम ब्याजदर ३ प्रतिशतले घटाई चालु आर्थिक वर्षको चौथो त्रयमासको ब्याज गणना गर्न जारी गरिएको निर्देशनको कार्यान्वयन गर्दै बैंकले यस्तो योजना ल्‍याएको हो।

यस्तै बैंकले ऋणीहरूले जेष्ठ महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता/ब्याज रकम जेष्ठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको हो।

बैँकका सिइओ रोशनराज न्यौपानेले असार मसान्तभित्र बैँकको किस्ता चुक्ता गर्नेलाई ९.९९ प्रतिशत ब्याजदरमात्र लिने जानकारी दिए।

 

असार २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू