कोरोना भाइरसको स्रोत खोज्न डब्लुएचओको विज्ञ टोली चीनमा

कोरोना भाइरसको स्रोत अर्थात उत्पतीबारे अध्ययन गर्नका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को विशेषज्ञ टोली चीन गएको छ ।

कोरोना भाइरसको स्रोत थाहा पाउनका लागि टोली पठाइएको डब्लुएचओको भनाई छ । चीन पुगेको टोलीले भाइरसको सुरुवात कहाँबाट भएको हो भन्नेबारे खोजी थाल्ने डब्लुएचओले जानकारी दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

टोलीमा दुईजना विज्ञ रहेको डब्लुएचओको भनाई छ । अहिलेसम्म कोरोना भाइरस चीनको हुबेई प्रान्तस्थित वुहान शहरको होलसेल बजारबाट फैलिएको ठानिएको छ । यो भाइरस जनावरबाट मानिसमा आएको विश्वास गरिन्छ ।

पशु स्वास्थ्य र महामारीमा विज्ञले चीनका वैज्ञानिकसँगका गरि भाइरसको वास्तविक स्रोतको खोजी गर्ने डब्लुएचओले जनाएको छ । डब्लुएचओले विज्ञको नाम भने सार्वजनिक गरेको छैन ।

कोरोना भाइरससँग मिल्दोजुल्दो भाइरस चमेरामा फेला परेको तर चमेरामै देखिएको सो भाइरस उत्परिवर्तन गरी मानिसमा सरेको हो वा होइन भन्नेबारे थप अनुसन्धानको खाँचो रहेको डब्लुएचओकी प्रवक्ता मारगरेट ह्यारिसले बताएकी छन् ।

असार २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू