प्रचण्ड गृहजिल्ला चितवनतर्फको यात्रामा

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवन जाने भएका छन् ।

प्राकृतिक प्रकोपहरु बाढी पहिरो, कोरोना महामारी लगायतले प्रभावित क्षेत्रका जनताको अवस्था बुझ्नका लागि प्रचण्ड गृहजिल्ला चितवन जाने कार्यक्रम रहेको उनका स्वकिय सचिव गंगा दाहालले जानकारी दिएकी छन् ।

प्राकृतिक विपदको सामना गर्न खटिनुपर्ने भन्दै नेकपाको स्थायी कमिटि बैठक शुक्रबार एकसाताका लागि स्थगित गरिएको थियो ।

त्यसको भोलिपल्ट प्रचण्ड गृहजिल्ला जान लागेका हुन् ।

असार २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू