३३ किलो सुन तस्करीका आरोपीलाई यूएईबाट काठमाडौँ ल्याइयो

फाइल तस्बिर

काठमाडौँ – ३३ किलो सुन तस्करी प्रकरणमा यूएईमा पक्राउ परेका एक आरोपीलाई नेपाल ल्याइएको छ ।

इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि २०७५ माघमा यूएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शनिबार काठमाडौँ ल्याइएको नेपाल  प्रहरीका प्रवक्ता डिआइजी निरज शाहीले जानकारी दिए ।

शाहीका अनुसार काभ्रे घर भएका ४२ वर्षीय खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए ।

मोरङका चुडामणि उप्रेती ‘गोरे’को समूहमा रहेर उनले यूएईबाट नेपालमा सुन तस्करी गर्ने गरेको उच्च स्तरीय सुन अनुसन्धान समितिले सार्वजनिक गरेको थियो ।

खड्कालाई मोरङ लैजाने तयारी छ ।

असार २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्