हाम्रो आवाज पनि सुन्नुहोस्- १७

सुन्न नसक्दा मलाई जीवनदेखि नै वितृष्णा छ

मेरो नाम बिन्दु कार्की हो। मेरो घर नेपालको उच्च हिमाली जिल्ला दोलखा हो। मेरो परिवारको ७ जना सदस्यहरु मध्य, आमाबाहेक सबै, बुबा, ३ जना दाजुभाइ, १ जना दिदी र म गरी ६ जना सुस्त श्रवण (सुनाइ अपाङ्गता भएका व्यक्तिहरू) छौँ। 

केही वर्षअघि कान्छो भाइ सडक दुर्घटनामा परी एउटा खुट्टा समेत गुमाउन पुग्यो र उसमा थप अपाङ्गता अर्थात् बहुअपाङ्गता हुन पुगेको छ। यसरी परिवारको सबै जना सुस्त श्रवण भएकाले बिभिन्न कठिनाइ भोग्दै आएका थियौँ। त्यसमाथि कान्छो भाइको खुट्टा पनि गुमाउन पुगेको कारणले यस्तो संवेदनशील अवस्थाबाट बुवाआमा साह्रै नै दुखित र पीडित हुनुहुन्छ। मेरो घरको  आर्थिक स्थिति पनि नाजुक छ। परिवारमा कुनै पनि रोजगारी नभएको कृषि काम गरेर पालिएका छौँ। 

मैले भाइबहिनीहरुको पढाइमा पनि घरमा सहयोग गर्ने गर्थे। भाइबहिनीहरुले प्रश्नहरु लेखेर ल्याउने म त्यसको उत्तरहरु यस्तो हो भनेर रफ कपीमा लेखिदिन्थेँ। उनीहरु त्यही सारेर लग्ने गर्थे। जब मेरो दाइ र दिदिहरु +२ पढ्न बागलुङ जानु भयो, अनि मैले २ जना भाइहरुलाई जिम्मेवारी लिएर बस्नु पर्यो। आमा बुवा खेतिकिसान गरेर भैसीको दूध बेच्न बजार जानु हुन्थ्यो, अनि घरको सबै जिम्मेवारी मेरो हातमा हुन्थ्यो। दूध बेचेर खसी कुखुराहरु बेचेर घरको आम्दानी हुन्थ्यो।

अहिले दोलखामा बहिरा प्राथमिक बिद्यालय खोलेको छ। दाजु र दिदीले त्यसै स्कूलमा पढाएर आय आर्जन गर्ने गर्नु भएको छ। त्यस स्कूलमा बहिरा तथा सुस्त श्रवण बालबालिकाहरु पढ्दछन्। त्यही भएर अहिले भने मेरो माइतीघरको जिम्मेवारी पहिलेको भन्दा कम छ। तर खुट्टा नभएको कान्छा भाइलाई भने मैले नै हेरेकी छु। हामीसँगै बसेको छ। उसलाई पनि सबै हेर्नै पर्यो।

मैले पढेको सरकारी स्कूल श्री बुढा भिमसेन माध्यमिक बिद्यालय हो। म आफू सुस्त श्रवण भएको कारणले पनि मैले स्कूलमा पठन पाठन गर्दा पनि राम्रोसँग सुनेर पढ्न बुझ्न भने पाईन। कतिपय साथीहरुले यो सुन्दिन बुझ्दिन भनेर हेला पनि गर्थे र मसँग बोल्दैन्थे। यस्तो अवस्थामा साथीहरू लाई आफू सुस्त श्रवण हुँ भनेर जानकारी गराई कति कुराहरु बुझ्न पढ्न खोजेँ तर उनीहरुले त्यति धेरै वास्ता गर्दैनथे। सर मिसहरुले पनि मलाई राम्रोसँग पढाउन त्यति चासो लिदैन थिए। त्यसैले मैले स्कूलमा सरहरुले ब्ल्याक बोर्डमा लेखेको कुराहरू र साथीहरुले लेखेको नोटमा भरपरि सार्थे र पढ्थिए। अनि घरमा आएर गेस पेपरबाट हेरेर उत्तरहरु लेख्थेँ। त्यसैले यस्तो दुःख पिडामा भएपनि मैले एस. एल. सी. पास गर्न सकेँ। 

त्यहि पनि परिवारमा अलि सुन्ने भनेको नै मै थिएँ। त्यस्तै दुःख भोगेता पनि अरू सुस्त श्रवण भाई बहिनीहरु भन्दा अलि राम्रोसँग कान सुन्ने पनि भएको नाताले म भाई बहिनीहरु भन्दा अलि शिक्षित तथा जान्ने थिएँ। त्यसैले मैले सम्पूर्ण सुस्त श्रवण भाईबहिनी तथा घर परिवारलाई हेर्ने मेरो काँधमा रहेको थियो। 

हामी सुनाइ अपाङ्गता भई घर समाजमा पनि अपहेलना सहनु परेको छ। कतिपय छरछिमेकबाट सबै सन्तानले यस्तो कान नसुन्ने भएको भनेर घृणासमेत भोग्नु परेको छ। तर कसैको कुरा नसुनेर मेरो आमाले दुःख गरेर हामीहरूलाई यहाँसम्म ल्याउनु भयो। 

जब म २४ बर्षको भएँ, म कामको सिलसिलामा काठमाडौँ आएँ र मामाघरमा बसेँ। काम खोज्दै जादा स्कुलमा केही स-साना बाल बच्चाहरु पढाउने र हेर्ने रोजगारी पाएँ। नजिकैको चिनेको साथी थिई, त्यही साथीको घर नजिकै एउटा दाइ रहेछ। त्यो दाइसँग बिस्तारै चिनजान भयो। हामी बिच फोनमा कुराहरु हुँदै गयो। सबै कुराहरु मामामाइजु र आमालाई भने सबैसँग भेटाएर बिहेको कुरा चल्यो। बिवाह पनि भयो। 

५ दिनको दिन अफिसमा बोलाएर भन्नु भयो, तपाईँको काम चाहि ठिक छ तर तपाईँले कानले नसुनेर हामीलाई गाह्रो भयो र भोलिदेखि नआउनू भन्नु भयो। त्यो सरले मैले ५ दिन काम गरेको पैसा पनि दिनु भएन। म रुँदै रुँदै फर्केँ। के यो सुस्त श्रवण भएर होला हामीले केहि पनि काम नपाउने रहेछ? 

तर बिँवाह गरेको दुई बर्ष नपुग्दै मेरो दुवै कान झन सुन्न छोड्यो। त्यसपछि मेरो श्रीमान्‌ले डाक्टरका चेकजाँच गर्न लग्नु भयो। डाक्टरले मेरो दुवै कानको नसा सुकेको छ भन्नु भयो। डाक्टरले यो सबै परिवारमा देखिएकोले वंशाणुगत पनि हो भन्नु भयो। अब यसको उपाय भने श्रवण यन्त्र प्रयोग हो भनेर भन्नु भयो र दुवै कानमा राख्नु पर्छ भनेको थियो। तर आर्थिक अवस्था कमजोर भएकोले हामीले दुवै कानमा राख्न सकेनौ। एकपट्टिको कानमा मात्र राख्नलाई हामी बाध्य भयौँ।  एक कानमा हेरिङ एड राखेता पनि राम्रो सँग सुनेर बुझ्न भने सकेको छैन। शायद दुवै कानमा राखेको भए दुवै कानले राम्रोसँग सुन्ने थियो होला।

बिहे गरेको २ बर्ष पछि छोरी जन्मिइन्। छोरी जन्मिने वेलामा चेकजाँच गर्ने कहिले श्रीमान् कहिले साथीलाई लिएर जान्थे। एक्लै चाहिँ जान नसकिने कारण एउटै थियो, डाक्टरहरुले बोलेको कुरा मैले राम्रोसँग बुझ्दन थिए। छोरी जन्मिएपछि म माइत आएँ। मैले राम्रो सँग नसुन्ने भएकोले छोरीलाई हेर्न/खुवाउने सबै आमाले गर्नुहुन्थियो। 

श्रीमान्‌को जागिर पनि काठमाडौँमा नै थियो। समय बित्दै जाँदा अर्की छोरी पनि जन्मिइन्। छोरीहरु बिरामी हुँदा भने साह्रै कठिनाइ हुन्थ्यो। किनकि छोरी रुँदा मैले थाहा पाउँदिन थिए। हस्पिटल पनि गइरहनु पर्थ्यो। तर कामले गर्दा श्रीमान् नभ्याउने। साथीलाई भनेर चेकजाँच गर्न जान अनुरोध गरिरहनु पर्थ्यो। डाक्टरले भनेको कुरा मैले सुनेर बुझ्दिन थिए। जब जाँच सकिसकेपछि साथीलाई सोधेको बेलामा साथीले हस्पिटल बाहिर आएर ठूलो स्वरमा भन्नु हुन्थ्यो।  

जब छोरीहरु पनि ठूल्ठूला भए, खर्चहरु पनि बढ्दै गयो। श्रीमान्‌को कमाईले नभ्याउने स्थिति भए पछि म फेरि कामको खोजीमा लागेँ। कुनै पनि सिपमूलक काम सिक्न नपाएकाले केही काम पाइन। साथीहरुलाई को सहयोगले एउटा पार्टी प्यालेसमा काम पाएँ, खुसी भएर काममा गएँ। हाकिमलाई अफिसमा भेटेर म सुस्त श्रवण हो अलि सुन्दिन, अलि ठूलो स्वरमा बोलाउनु पर्छ भनेर सबै कुराहरु भनेँ। हुन्छ भनेर काम दिनु भयो। भोलि पल्ट देखि काम सुरु गरेको थिएँ। ५ दिनको दिन अफिसमा बोलाएर भन्नु भयो, तपाईँको काम चाहि ठिक छ तर तपाईँले कानले नसुनेर हामीलाई गाह्रो भयो र भोलिदेखि नआउनू भन्नु भयो। त्यो सरले मैले ५ दिन काम गरेको पैसा पनि दिनु भएन। म रुँदै रुँदै फर्केँ। के यो सुस्त श्रवण भएर होला हामीले केहि पनि काम नपाउने रहेछ? 

मैले लगाउने हेरिङ एडको पनि विभिन्न समस्याहरु पनि छन। बेलाबेलामा ब्याट्री फेरिरहनु पर्छ। मेसिन पनि बेला बेलामा मर्मत गरिरहनु पर्छ। अहिले यो महामारीमा फैलिएको कोरोना भाइरस र लकडाउनका कारणले निकै कठिनाई भोग्नु परेको छ। म सुस्त श्रवण भएकोले कति कुराहरु सुन्नेर थाहा पाउन र बुझ्नको लागि समस्या भएको छ। मेरो हेरिङ एडमा समस्या आएर तथा ब्याट्री समयमा किन्न नपाउदा केहि सुन्न पाएकी छैन। यो लकडाउनले गर्दा कतै आवतजावत गर्न सकेकी छैन। त्यसैले म साधारण अवस्थामा पनि साह्रै पीडित छु। मेरो पारिवारिक तथा सुनाइको अवस्थाले गर्दा मलाई आत्मादेखि शान्ति नभएको तथा जिन्दगीप्रति नै वितृष्णा भएकाले गर्दा मैले सम्बन्धित निकायको सहयोगका लागि यहाँहरुप्रति मेरो समस्या बताएकी छु।

(लेखिका सुस्तश्रवण चेतनामूलक कार्यकर्ता हुनुहुन्छ।)

यो पनि पढ्नुहोस्

असार २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्